CLI

अर्थले नियमवली विपरित गर्छ लाखौं रकम रकमान्तर

काठमाडौं । अर्थ मन्त्रालयले नियम विपरित लाखौं रकम रकमान्तर गर्ने गरेको छ । मन्त्रालयले आन्तरिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२(१) मा विपरित पहिलो त्रैमासिक अवधिमा लाखौं रकम रकमान्तर गरेको छ ।

आन्तरिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२(१) मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ।  मन्त्रालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु. २१ करोड २६ लाख ८७ हजार तथा अर्थ विविधबाट रु. ८३ करोड ९६ लाख ५० हजार रकमान्तर तथा निकासा समेत रु. १ अर्ब ५ करोड २३ लाख ३७ हजार, अर्थात् कुल रकमान्तरको २.२५ प्रतिशत रकमान्तर भएको छ। रकमान्तर गर्दा कानुनको पालना गर्नुपर्दछ।विभिन्न निकायहरुले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा रकमान्तर गर्नका लागि मन्त्रालयलाई पठाएको पत्रलाई स्वीकृत गरेको पाइएको छ । जुन नियमविपरित रहेको छ ।

विनियोजन ऐन, २०८१ को दफा ५(२) अनुसार कुनै अनुदान सङ्केतमा बचत भएको रकम अर्थ मन्त्रालयले अपुग हुने अनुदान सङ्केतमा रकम सार्दा विनियोजित रकमको १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न नपाइने उल्लेख छ। मन्त्रालयबाट प्राप्त विवरणअनुसार सो कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी समेत रकमान्तर भएको पाइएको छ ।

मन्त्रालयबाट प्राप्त विवरणबमोजिम यी अनुदान सङ्केतहरूमा क्रमशः रु. ९३ अर्ब ५७ करोड ३३ लाख र रु. ७५ अर्ब ८४ करोड ८३ लाख विनियोजन भएकोमा क्रमशः रु. ८० अर्ब ८२ करोड १५ लाख र रु. ८ करोड ७७ लाख २३ हजार तत्–तत् अनुदान सङ्केतबाट खर्च भएको देखिन्छ। बजेट खर्चमा ऐनको पालना गर्नुपर्दछ।

Leave Your Comment

Related News