CLI

नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिबार्य

काठमाडौं ।साउनदेखी सेयर कारोबारका लागि नयाँ डिम्याट खाता (हितग्राही खाता) खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर प्रस्तुत गर्नुपर्ने भएको छ।

धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२–८३ का लागि ल्याएको नीति तथा कार्यक्रम अन्तर्गत नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई यस व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको थियो।

सोही व्यवस्था अनुसार पूर्वाधार तयार भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले बताए । राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीसँग जोडेर एक व्यक्तिको खाताको एकीकृत तथा यकिन अभिलेख तयार पारिएको उनले बताए।

 

Leave Your Comment

Related News