CLI

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधिसभा बैठक मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

बैठकको कार्यसूचीमा प्रवेश गर्न विपक्षी सांसदहरूले अवरोध गरेपछि सभामुखले पहिलो चरणमा बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि सहमतिको प्रयास सफल हुन नसकेपछि सूचना टाँसेर बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे ले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभाको अर्को बैठक मङ्गलवार दिउँसो १ बजे बस्नेछ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह ले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरुद्ध गर्दै आएका छन्। प्रधानमन्त्रीले सम्बोधनका क्रममा “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले उक्त भनाइ संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।

विपक्षीहरूको मागअनुसार प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिका लागि संसद्को रोष्ट्रमबाट माफी माग्नुपर्ने तथा विवादित भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने अडान कायम राखेका छन्।

सत्तापक्ष र विपक्षीबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको बैठक लगातार प्रभावित हुँदै आएको छ।

Leave Your Comment

Related News