काठमाडौं । भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगको रूपमा लिटमस इन्डस्ट्रिज लिमिटेडलाई नेपाल उधोग परिसघले सम्मान गरेको छ कम्पनीका अनुसार, यो उपलब्धिले लिटमसको गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टताप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यस सम्मानले नेपालको औद्योगिक क्षमतालाई थप सुदृढ बनाउँदै, निर्यातको दायरा विस्तार गर्न तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्याउने लिटमसको प्रयासलाई थप पुष्टि गरेको छ।
लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक उद्योग हो। नेपालमा एल्मुनियम तथा एल्मुनियम एलोय (AL) रड उत्पादन गर्नेउद्योगका रूपमा यसले आफ्नो पहिचान स्थापित गरेको छ। गुणस्तर, नवप्रवर्तन तथा विश्वस्तरीय उत्पादन मापदण्डप्रतिको प्रतिबद्धताका साथ लिटमसले नेपालको औद्योगिक विकासलाई सशक्त बनाउँदै क्षेत्रीय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धी उपस्थितिलाई थप मजबुत बनाएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका उत्पादनहरूले देश भित्रका महत्त्वपूर्ण पूर्वाधार तथा ऊर्जा परियोजनाहरूको आवश्यकता पूरा गर्नुका साथै नेपालको औद्योगिक निर्यात पोर्टफोलियोमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
निर्यात का साथै लिटमस इन्डस्ट्रिजले नेपालको समग्र औद्योगिक विकासमा पनियोगदान दिएको छ। कम्पनीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरेको छ भने आयात प्रतिस्थापनमा योगदान पुर्याएको छ । आपूर्ति शृङ्खलाभित्र रहेका सहायक उद्योगहरूको विकासमा समेत टेवा पुर्याएको छ। उत्पादन क्षमता विस्तार, अत्याधुनिक प्रविधिको उपयोग तथा दक्ष जनशक्ति विकासमा गरिएको निरन्तर लगानीमार्फत कम्पनीले नेपालको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान गरिरहेको जनाएको छ ।
यस अवसरमा लिटमस इन्डस्ट्रिज लिमिटेडका मुख्य सञ्चालन अधिकृत प्रकाश काफ्लेले खुसी व्यक्त गर्दै भने , “नेपाल उद्योग परिसङ्घद्वारा प्राप्त यो सम्मान गुणस्तर, नवप्रवर्तन तथा उत्कृष्टताप्रतिको हाम्रो प्रतिबद्धताको महत्त्वपूर्ण कदर हो। यो उपलब्धि लिटमस परिवारका सम्पूर्ण सदस्यहरूको अथक मिहिनेत, समर्पण र प्रतिबद्धताको परिणाम हो। यस सम्मानका लागि हामी नेपाल उद्योग परिसङ्घप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।”
उनका अनुसार, “नेपालको अग्रणी तार, केबल तथा कन्डक्टर उत्पादक एवं एल्मुनियम र AL रडको एकमात्र उत्पादक उद्योगका रूपमा हामीले केवल आफ्ना ग्राहकहरूप्रति मात्र नभई नेपालको औद्योगिक भविष्यप्रति पनि विशेष जिम्मेवारी वहन गरेका छौँ। आगामी दिनमा पनि निर्यात विस्तार, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति सुदृढीकरण तथा नेपालको आर्थिक र औद्योगिक विकासमा योगदान पुर्याउने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ। यो सम्मानले हामीलाई अझ उच्च लक्ष्य प्राप्तिका लागि थप प्रेरित गरेको छ।”
यो प्रकारको सम्मानले नेपालको औद्योगिक उत्कृष्टता, उत्पादन क्षमता तथा निर्यात प्रतिस्पर्धात्मकताको प्रतिनिधि संस्थाका रूपमा लिटमस इन्डस्ट्रिज लिमिटेडको स्थानलाई थप सुदृढ बनाएको छ। कम्पनीले आगामी दिनहरूमा पनि क्षमता विस्तार, प्रविधि विकास तथा गुणस्तर अभिवृद्धिमा निरन्तर लगानी गर्दै आत्मनिर्भर, प्रतिस्पर्धी तथा समृद्ध औद्योगिक नेपालको निर्माणमा आफ्नो योगदानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
लिटमस इन्डस्ट्रिज
लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक उद्योग हो। नेपालमा एल्मुनियम तथा एल्मुनियम एलोय (AL) रड उत्पादन गर्ने एकमात्र उद्योगको रूपमा परिचित लिटमसले गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टतालाई केन्द्रमा राखेर आफ्ना उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले ऊर्जा, पूर्वाधार, निर्माण तथा औद्योगिक क्षेत्रका लागि आवश्यक उत्पादनहरू आपूर्ति गर्नुका साथै क्षेत्रीय बजारमा निर्याततर्फ नेपालको व्यापार र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको


