काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याउँएको छ । चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित शोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूका लागि विश्वस्तरीय पहिचान बनाएका वाल र फ्लोर टायल्सको बृहत् सङ्ग्रह सिधै उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।
चितवनको रत्ननगरमा आधिकारिक रूपमा उद्घाटन गरिएको उक्त सो रुमको शुभारम्भ कार्यक्रममा कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीको प्रमुख उपस्थित रहेका थिए । उक्त अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिहरू तथा चितवन हार्डवेयर एण्ड सेनेटरीको व्यवस्थापन टोलीले स्थानीय बासिन्दाहरूलाई गर्दै शोरुमको अवलोकन गराएका थिए ।
ग्राहक–मैत्री र आकर्षक वातावरण प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यस शोरुममा आगन्तुकहरूले कजारियाका सिग्नेचर फ्लोर र वाल टायल्सको विस्तृत श्रृंखला प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई आफ्नो घर वा परियोजनाका लागि उपयुक्त डिजाइन, टेक्स्चर र फिनिसिङ छनोट गर्न प्रत्यक्ष रूपमा सहयोग पर्याउने कम्पनीको दावी रहेको छ ।
उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भने, “चितवन हार्डवेयर एण्ड सेनेटरीसँगको हाम्रो साझेदारी प्रमुख सहरहरूभन्दा बाहिर पनि उच्च गुणस्तरीय टाइलिङ सोलुसन्स उपलब्ध गराउने दिशामा एउटा महत्त्वपूर्ण कदम हो । चितवन र आसपासका क्षेत्रका बासिन्दाहरूले कजारियाको भरपर्दो गुणस्तर र आधुनिक डिजाइनहरूमा सहज पहुँच पाउन सकून् र आफ्नो निर्माण तथा सजावटका योजनाहरूलाई सफलतापूर्वक साकार पार्न सकून् भन्ने हाम्रो लक्ष्य हो ।”
कम्पनीले शोरुम अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको जनाउदै रत्ननगर–१० तथा वरपरका क्षेत्रका सम्पूर्ण बासिन्दाहरूलाई शोरुममा अवलोकन को लागि आब्हान गरेको छ ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको कम्पनीको भनाइ रहेको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड २०२५ को उपाधि, ’एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् । गुणस्तर र दिगोपनाप्रतिको यसको प्रतिबद्धता क्ष्क्इ ९००१ः२०१५ र क्ष्क्इ १४००१ः२०१५ प्रमाणीकरण, इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (क्ष्न्द्यऋ) को सदस्यता र प्रतिष्ठित ल्क् त्तगबष्तिथ ब्धबचम २०२६ मार्फत स्पष्ट हुन्छ, जसले यसलाई एक विश्वसनीय उद्योग नेतृत्वकर्ताको रूपमा स्थापित गरेको छ ।
३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ । हाल कजारियाको नेपालभर १०० भन्दा बढी शोरुमहरूको सशक्त देशव्यापी उपस्थिति रहेको छ । यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स (६०ह१२० से.मी., ६०ह६० से.मी., ४०ह४० से.मी. (८ मि.मी.), र १९.५ह१२० से.मी.), सेरामिक वाल टायल्स (३०ह६० से.मी. र ३०ह४५ से.मी. एचडी पोलिस्ड), र हेभी ड्युटी भिट्रिफाइड टायल्स (४०ह४० से.मी., १२ मि.मी.) समावेश छन् जुन उनीहरूको असाधारण मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताका लागि अत्यधिक प्रसिद्ध छन् ।


