काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (Digital Lending) सम्बन्धी मार्गदर्शन, २०७८’ लाई संशोधन गरेर बैंक नगई मोबाइबाट नै ऋण माग गरेर १० लाख सम्म ऋण पाउने ब्यबस्था गरेको छ । यसले साना व्यवसायी र सर्वसाधारण बैंक नै नगई ऋण पाउने अबस्था श्रृजना भएको छ ।
यसअघि डिजिटल कर्जा मुख्यतया व्यक्तिगत र निश्चित तलबी कर्मचारीमा मात्र सितित रहेकोमा यस व्यबस्थाले , साना तथा मझौला व्यावसायीलाइ पनि समाबेश गर्ने छ । नयाँ व्यवस्था अनुसार (QR) कोड वा डिजिटल बैंकिङ च्यानलमार्फत नियमित व्यापार गर्ने साना व्यवसायीहरूले आफ्नो कारोबारको डिजिटल रेकर्ड र नगद प्रवाह (Cash-flow) का आधारमा नै अधिकतम १० लाख ऋण पाउन सक्नेछन् । यो ऋण लिन ग्राहक धितो बोलेर बैंकका ढोका- ढोकामा गइरहनु पर्दैन
राष्ट्र बैंकले परिमार्जित मार्गदर्शन न अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा नियमित रूपमा तलब वा व्यावसायिक आम्दानी जम्मा हुने खाता भएका व्यक्तिहरूले ३ वर्षसम्मको लागि अधिकतम ५ लाख रुपैयाँसम्म डिजिटल कर्जा पाउनेछन्। अन्य साधारण व्यक्तिहरूले पनि ३ वर्षकै भुक्तानी अवधिका लागि अधिकतम २ लाख रुपैयाँसम्म ऋण पाउन सक्ने व्यवस्था छ। साना तथा मझौला व्यवसायीहरूको हकमा भने अल्पकालीन प्रकृतिको चालु पुँजी कर्जाका लागि १ वर्षको अवधिसहित अधिकतम ५ लाख रुपैयाँ र दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जाका लागि अधिकतम १० लाख रुपैयाँसम्मको सीमा तोकिएको छ। दीर्घकालीन कर्जाको भुक्तानी अवधि भने बैंकले आफ्नो आन्तरिक चालु पुँजी कर्जा नीति बमोजिम आफैँ तय गर्न सक्नेछन्।
यो ऋण प्राप्त गर्ने प्रक्रियालाई पूर्ण रूपमा डिजिटल र स्वचालित बनाइएको छ। ग्राहक वा व्यवसायीले सम्बन्धित बैंकको मोबाइल बैंकिङ एप वा भुक्तानी सेवा प्रदायक (डिजिटल वालेट) मार्फत ऋणका लागि अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन प्राप्त भएपछि बैंकहरूले डिजिटल कर्जा विश्लेषणलाई सहयोग पुग्ने गरी विभिन्न प्रविधि प्रदायक संस्थाहरू (TSP) सँग सहकार्य गरेर ग्राहकको डिजिटल कारोबारको इतिहास र भुक्तानी क्षमताको बिषयमा जानकारी लिन सक्नेछन् ।
प्रविधिको प्रयोग र ब्यक्तिगत बिबरण आदानप्रदान गर्दा ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यान दिनु पर्न छ । नेपाल राष्ट बैङंले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (Digital Lending) सम्बन्धी मार्गदर्शन, परिबर्।तनले डिजिटल अर्थतन्त्र योददान दिने छ ।


