CLI

एक अर्काविरुद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा

काठमाडौं । इजरायल र इरानले एक अर्काविरुद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको घोषणा गरेका छन् ।  तर दुवै देशले युद्धविराम उल्लङ्घन भए पुनः कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हेजबुल्लाहविरुद्धको सङ्घर्ष अझै समाप्त नभएको उल्लेख गरेका छन् । इरानी सेनाले पनि अहिलेलाई सैन्य कारबाही रोकिएको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरे अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

बेरुतमा भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसको जवाफमा इजरायलले हिजो इरानभित्रका सैन्य संरचनालाई लक्षित गरी हवाई हमला गरेको थियो । यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतान्याहुसँग टेलिफोन वार्ता गरी थप आक्रमण रोक्न आग्रह गरेको बताएका थिए ।

ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतान्याहुले आफ्नो आग्रह अवज्ञा नगरेको दाबी गर्दै दुवै पक्ष शान्ति सम्झौताको नजिक पुगेको बताएका थिए । ट्रम्पले दुवै देशलाई तत्काल गोलाबारी रोक्न सार्वजनिक अपिल गर्दै जारी शान्ति वार्तालाई सफल बनाउन संयमता अपनाउन आग्रह गरेका छन् ।

Leave Your Comment

Related News