CLI

नेपाल फाइनान्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा आएको छ । कम्पनीले यस अघि बिक्रीका लागि राखेर बिक्री नभएको सेयर लिलामीमा राखेको जनाएको हो ।

कम्पनीको ६ लाख ३२ हजार ९७१.१८७ कित्ता सेयर लिलाम बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाहरुले असार १२ गतेसम्म बोलपत्र पेश गर्नु पर्ने छ । उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।बोलपत्र फारम प्रभु क्यापिटल लिमिटेडको कमलादी, नेपाल फाइनान्स लिमिटेडको केन्द्रिय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे लगनखेल र तिलोत्तमा शाखा कार्यायल र प्रभु बैंक लिमिटेडको विराटनगर, विरगंज, पोखार, नेपालगंज, सुर्खेत र धनधगढी शाखामा पाउन सकिने छ र त्यहि बुझाउन सकिने छ ।

बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबोल गरेको मुल्य रकम नबुझिने भएमा जम्मा गरेको रकमलाई आधार मानिने छ । बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, टेलिफोन नम्बर लगायत बोलपत्र आवेदन फारममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।

बोलपत्र दाताले बोलपत्र पेश गर्दा संस्थापक शेयरको लागि न्यूनतम १००० कित्ता वा सो भन्दा बढि १० अंकले भाग जानेगरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । तर शेयर खरिद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सिमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नुपर्नेछ ।

बोलपत्रवालाले आफूले खरीद गर्न चाहेको शेयरको जम्मा मूल्यको सम्पूर्ण रकम श्री प्रभु क्यापिटल लि. को नाममा श्री प्रभु बैंक लिमिटेडको कमलादी, काठमाण्डौंमा तथा नेपाल फाईनान्स लिमिटेड कमलादी, काठमाण्डौमा नगद जम्मा गरी सो को सक्कल भौचर संलग्न गरी वा श्री प्रभु क्यापिटल लि. को नाममा खिचिएको Good for Payment Cheque वा Manager’s Cheque वा Connect IPS बाट उक्त खातामा नगद जम्मा गरि सोको निस्सा संलग्न गरी बोलपत्र पेश गर्नुपर्नेछ । यदि चेक भुक्तानी नभएमा दरखास्त फाराम स्वतः रद्द हुनेछ । साथै Good for Payment गर्दा लाग्ने शुल्क तथा रु. २ लाख भन्दा बढी रकम Good for Payment Cheque जम्मा गर्नेको हकमा Cheque Clearing शुल्क बापतको रकम आवेदक स्वयले ब्यहोर्नु पर्नेछ ।

 

 

Leave Your Comment

Related News