CLI

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छः आशिष गजुरेलले

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन्। इप्पानको २४ ‌औं साधारणसभा तथा ८ ‌औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्।

‘नीतिगत तहमा केही सुधार गर्नु पर्ने भए हामीलाई सम्झाउनु होला। ऊर्जा क्षेत्रको विषयमा समस्या भएको हामीलाई भन्नु होला । हामी छलफल गरेर आवश्यक परे सम्बन्धित निकायलाई निर्देशन समते दिन सक्छौं,’ उनले भने ।

नीति तथा कार्यक्रम र बजेट निजी क्षेत्रमैत्रि ल्याएको बताउँदै गजुरेलले आगामी नीतिहरु थप निजी क्षेत्रमैत्री बनाउने पनि बताए।

‘हामीले निजी लगानीमैत्री बजेट ल्याएका छौं। हाम्रो लिएको नीति पुरा गर्न निजी क्षेत्रको आवश्यकता रहन्छ। हामी अझै निजी क्षेत्रमैत्री हुन्छौं।’ उनलेे भने

Leave Your Comment

Related News