काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ थियो ।
यता चाँदी पनि १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँ थियो ।




