काठमाडौं । बिजनेश ईन्टरेस्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले असार १६ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।
उक्त सभा यति इभेन्ट्स बसुन्धरा काठमाडौंमा दिउसो १ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । सभाले सैबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कम्पनीको नाम परिवर्तन, कम्पनीले विभिन्न कम्पनीमा गरेको लगानी बिक्री तथा व्यवस्थापन गर्ने र प्रारम्भिक सार्वजनिक सेयर निष्कासन सम्बन्धी प्रसाव पारित गर्ने छ ।


