काठमाडौं । सोमबार नेप्से परिसूचक १२.२६ अंकले गटेर २७११.७६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन, ३५० वटा कम्पनीको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँ पुगेको छ । जुन शुक्रबारको तुलनामा ७ करोड १० लाख रुपैयाँले बढीहो । शुक्रबार कारोबार रकम ४ अर्ब ३४ करोड १० लाख रुपैयाँ थियो ।
त्यसतै, सेन्सेटिभ इन्डेक्स ०.९६ अंकले घटेर ४६६.१३ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५६ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२६ अंकले घटेको हो ।
१३ उप समूह मध्ये यस दिन एक उपसमूहबाहेक अरु सबै उप समूह घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन ०.११ प्रतिशत बढेको हो। कारोबारमा आएको अन्य उप समूह सर्वाधिक १.८२ प्रतिशत घटेको छ। यस दिन व्यापार र वित्त १ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावर १५ प्रतिशतले बढेको छ । मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ८५ लाख ६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को २७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने लक्ष्मी सनराइज बैंकको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।


