काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको सुरुवातमै लागि खेलको ७औं मिनेटमा एलिजा जस्ट ले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि दबाबमा आएको इरानका लागि ३२औं मिनेटमा रामिन रेजायनले जवाफी गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो।
दोस्रो हाफमाको ५५औं मिनेटमा न्युजिल्यान्डका एलिजा जस्टले नै व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई पुनः २-१ को अग्रता दिलाए। तर, इरानले खेलमा हार मानेन र ठीक ९ मिनेटपछि अर्थात् ६४औं मिनेटमा मोहम्मद मोहेबीले उत्कृष्ट गोल गर्दै खेललाई फेरि २–२ को स्थितिमा पुऱ्याए। खेलको अन्तिम समयसम्म दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल हुन सकेन र दुवै टोलीले बहुमूल्य १-१ अंक बाँड्न बाध्य भए।


