काठमाडौं । भोलि फिफा विश्वकपमा ५ वटा खेलहरू हुँदैछन्। सबैभन्दा पहिले समूह ‘आई’ अन्तर्गत बिहाना १२:४५ बजे फ्रान्स र सेनेगल भिड्नेछन् भने बुधबार बिहान सबेरै ३:४५ बजे इराक र नर्वेबीच खेल हुनेछ। त्यसपछि समूह ‘जे’ का खेलहरू सुरु हुनेछन्, जसमा बिहान ६:४५ बजे अर्जेन्टिनाले अल्जेरियाको सामना गर्नेछ भने बिहान ९:४५ बजे अस्ट्रिया र जोर्डन आपसमा भिड्नेछन्।


