काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असार ३ गते) देखि ५०० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै साविककै आकार तथा रङ्गमा नयाँ विशेषताहरू सहितको नोट बजारमा पठाइएको जनाएको हो।
नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको (Watermark) राखिएको छ । वाटरमार्कको दाँया तिर दृष्टिविहीनहरूले छामेरै नोट चिन्न सक्ने गरी दुईवटा कालो थोप्लाहरू राखिएको नेपाल राष्ट्र बैङ?कले जनाएको छ । नोटको तल्लो खण्डमा सिरिजननम्बर “बिं स २०८२” लेखीएको छ नोटमा सगरमाथा हिमालको दाहिने तिर अण्डाकार आरार भित्र सिधा हर्दा सुनौलो र ढ्काएर हर्दा हरियो देखीने कुबेरको चित्र समाबेश गरिएको छ ।
यो नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर बिश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ । यो नोटमा ३.५ मि मी चौडा भएको सीदा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखीने सुरक्षण धागो राखीएको छ ।
संकेत नम्बर झ ३८ ०००००१ देखी ट ९९९९९९ रहेका छन्।


