बैङ्क तथा बित्तिय संस्थाले साउनमा प्राप्त भएको ब्याज आम्दानी असारमा नै गणना गर्न पाउने

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैङ्क तथा बित्तिय संस्थालाई एक सुचना जारी गर्दै अघिल्लो आर्थिक बर्षको असारमा आउनु पर्ने ब्याज आम्दानी बापतको रकम  चालु आर्थिक वर्षको साउन  मसान्त सम्म प्राप्त गरेमा अघिल्लो आर्थिक बर्षको असारकै ब्याज आम्दानीमा गणना पाउने  व्यवस्था गरेको छ । राष्ट्र बैंकले   इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा पुर्वाधार विकास बैंकलाई सूचना जारी यस्तो व्यबस्था गरेको जनाएको छ ।

राष्ट्र बैङ्कद्वारा जारी सुचनामा इजाजतपत्रप्राप्त संस्थाको लेखानीति बमोजिम आ.व. २०८० / ८१ मा प्रोदभावी आधार (Accural Basis) मा लेखांकन गरिएको ब्याज आम्दानी मध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा (Retained Earning) खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ भनिएको छ  ।

नेपाल राष्ट्र बैंकले  हालसम्म NFRS लागु नभएका लघुवित्त वित्तीय संस्थालाई आ.व. २०८०/०८१ मा पाकेको ब्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा प्राप्त र  रकमलाई आ.व. २०८०/८१ को नाफा नोक्सानमा आम्दानीमा देखाउन पाउने  व्यबस्था गरेको छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार