CLI

अधुरा निर्वाचन क्षेत्र रणनीतिक सडक सम्पन्न गर्न २ अर्ब बजेट, ३९ जिल्लाका योजना समेटिए

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गतका अधुरा आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार ३९ जिल्लामा रहेका अधुरा निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाका लागि आवश्यकताका आधारमा बजेट छुट्टाइएको हो।

कार्यक्रमअनुसार कञ्चनपुर जिल्लाका अधुरा निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाका लागि १४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। अछाम जिल्लाका अधुरा सडक आयोजनाका लागि १० करोड रुपैयाँ तथा मकवानपुरका आयोजनाका लागि ११ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

त्यसैगरी, मोरङ जिल्लाका अधुरा रणनीतिक सडक आयोजनाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा आयोजना सम्पन्न गर्न न्यूनतम ३० लाख रुपैयाँदेखि अधिकतम १४ करोड ५० लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ। मन्त्रालयले आवश्यकताका आधारमा बजेट बाँडफाँट गर्दै अधुरा सडक आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ।

Leave Your Comment

Related News