काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा पदाधिकारी तथा सदस्यहरू नियुक्त गरेको छ। सरकारले २०८३ असार १७ र १८ गतेको मन्त्रिस्तरीय निर्णयबाट पर्यटन
मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा पदाधिकारी तथा सदस्यहरू नियुक्त गरेको हो।
मन्त्रालयका अनुसार पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा तीर्थप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा मीना कुमारी श्रेष्ठ नियुक्त भएका छन्। त्यस्तै कोषका सदस्यमा केदारमान भण्डारी, गंगासागर बानियाँ, संगीता कुमारी राम, रुपा शाही बास्तोला र राम शोभीत नायक नियुक्त भएका छन्।
त्यसैगरी नेपाल पञ्चाङ्क निर्णायक विकास समितिको अध्यक्षमा डा. पुरुषोत्तम भट्टराई नियुक्त भएका छन्। समितिका सदस्यमा माधवप्रसाद लामिछाने, सिद्धीलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुंगेल र नेत्रप्रसाद अधिकारी नियुक्त भएका छन्।
यस्तै बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्णकुमार लामा नियुक्त भएका छन्। समितिका सदस्यमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणीभद्र पोखरेल नियुक्त भएका छन्।
सरकारले पाटन दरबार संग्रहालय विकास समितिको सदस्यमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जनलाई नियुक्त गरेको छ। त्यस्तै हनुमानढोका दरबार संग्रहालय विकास समितिको सदस्यमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मिरा महर्जन र वीरेन्द्रबहादुर मल्ल नियुक्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यी सबै नियुक्ति असार १७ र १८ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गरिएको हो।


