काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ । यो सँगै सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
शुक्रबार सुनको प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आइतबार चाँदीको मुल्य १० रुपैयाँले घटेको छ । आइतबारका लागि चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँ तोकिएको छ ।
शुक्रबार चाँदी प्रतितोला ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।


