काठमाडौं । पुर्व प्रधानमन्त्री, नेपाली कांगेसका निबर्तमान सभापति तथा पुर्व मन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवाका सुपुत्र जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले सात दिनको सार्वजनिक सुचना मार्फत बयानको लागि उपस्थित हुन भनेको छ ।
विभागले मंगलबार जयबीरलाइ सार्वजनिक सुचना मार्फत ७ दिन भित्र बयानको लागि बोलाएको हो ।
विभागले उनलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७१ बमोजिम सात दिनभित्र विभागको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा उपस्थित हुन भनेको छ ।
अनुसन्धानको सिलसिलामा बयान लिन आवश्यक भएकाले बोलाइएको सूचनामा उल्लेख छ । विभागले जारो गरेको सुचनामा उल्लेक भए अनुसार उनको ठेगानामा सम्पर्क हुन नसकेपछि प्रचलित कानुनअनुसार सार्वजनिक सूचना प्रकाशन गरी हाजिर हुन आह्वान गरेको बताएको छ । सुचनामा बिभागले तोकेको समयभित्र बयानको लागि उपस्थिन नभएमा उनलाइ प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।
विभागले जारि गरेको सुचनामा उल्लेख भए अनुसार सोमबार बूढानीलकण्ठस्थित जयवीर देउवाको ठेगानामा पुगेर उपस्थितिका लागि सूचना टाँस गरेको छ । पत्रमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उल्लेख गर्दै तोकिएको समयभित्र विभागमा उपस्थित हुन भनिएको छ ।
यसअघि पनि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवाका नाममा अनुसन्धानका लागि पुर्जी जारी गरिसकेको थियो ।
स्रोतका अनुसार जयवीर देउवामाथि नेपाल टेलिकमको बिलिङ ठेक्का तथा राहदानी (पासपोर्ट) छपाइसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी उजुरीका आधारमा अनुसन्धान भइरहेको छ ।
सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत निकायमा परेको उजुरीमाथि अनुसन्धानका क्रममा बयानका लागि बोलाइएको स्रोतले जनाएको छ ।



