काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति मंगलवार अपराह्न ३:४० बजे सार्वजनिक गर्ने भएको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार मौद्रिक नीति नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरी सार्वजनिक गरिनेछ। साथै, नीति सार्वजनिक गर्ने कार्यक्रम राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट पनि प्रत्यक्ष प्रसारण गरिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले सरोकारवाला, वित्तीय क्षेत्र, व्यवसायी, लगानीकर्ता तथा आम नागरिकलाई प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति हेर्न आग्रह गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत बैंकिङ तथा वित्तीय क्षेत्र, कर्जा विस्तार, ब्याजदर, तरलता व्यवस्थापन, निजी क्षेत्र प्रवर्द्धन तथा समग्र आर्थिक गतिविधिलाई लक्षित विभिन्न नीतिगत व्यवस्थाहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।


