काठमाडौं । मंगलबार शेयर बजार बढेको छ । मंगलबार २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ४.३३ अंकले बढेर ४६०.६१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.७३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.५७ अंकले बढेको हो ।
मंगलबार ३५२ वटा कम्पनीको ९५ लाख १९ हजार ४५२ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ४० करोड ७ लाख पुग्यो । जुन सोमबारको तुलनामा ८४ करोड २८ लाखले बढी हो । सोमबार ३ अर्ब ५५ करोड ७९ लाख बराबर कारोबार भएको थियो ।
यसदिन १३ उपसमूह सबै बढेको छ । बैंकिङ २२, विकास बैंक ६४, वित्त १४,होटल र पर्यटन ४०, जलविद्युत ३६, लगानी ०.३७, जीवन बीमा ८३, उत्पादन र प्रशोधन ४२, लघुवित्त १२, म्युअुचल फण्ड ०.०६, निर्जीवन बीमा ७८, व्यापार ६२ र अन्य समूह पनि १५ अंकले बढेको छ ।
मंगलबार २१० वटा कम्पनीको शेयर मूल्य बढ्दा ५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै कालंगा हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आरबीबी फोकस ४० का इकाईधनीले १३ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् । सानिगाढ हाइड्रोका लगानीकर्ताले १० दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् ।


