काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई दिने सार्वजनिक बिदामा पनि (आटीजीएस) सेवा खुला हुने जनाएको छ ।
२७ गते शनिबार र २८ गते आइतबार सार्वजनिक बिदाका दिनमा रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस प्रणाली बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म सञ्चालन हुने भएको हो ।
बिहीबार राष्ट्र बैंकले सूचना जारी गर्दै बिदामा आटजीएस सेवा सञ्चालन हुने जनाएको हो । यो सँगै राजस्व संकलन गर्ने उद्देश्यले आरीजीएस् प्रणाली सरकारले बिदामा पनि सञ्चालन गर्न लागेको हो ।


