काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने घरजग्गा कर्जामा कमी आएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जास्वरुप २ खर्ब ६९ अर्ब ५२ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२ अर्ब ३ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जास्वरुप २ खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँ वितरण गरेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले घरजग्गा कर्जा घटाउँदा विकास बैंक र वित्त कम्पनीले कर्जा प्रवाह बढाएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकले घरजग्गा कर्जास्वरुप २ खर्ब १७ अर्ब ७९ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा १८ अर्ब ६४ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले घरजग्गा कर्जास्वरुप २ खर्ब ३६ अर्ब ४३ करोड रुपैयाँ वितरण गरेको थियो ।
चालु आर्थिक वर्षको वैशाखसम्म विकास बैंकले घरजग्गा कर्जास्वरुप ३९ अर्ब ९० करोड २० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६ अर्ब ३१ करोड ५० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले घरजग्गा कर्जास्वरुप ३३ अर्ब ५८ करोड ७० लाख लाख रुपैयाँ वितरण गरेको थियो ।
चालु आर्थिक वर्षको वैशाखसम्म वित्त कम्पनीहरुले घरजग्गा कर्जास्वरुप ११ अर्ब ८३ करोड २० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २९ करोड ५० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले घरजग्गा कर्जास्वरुप ११ अर्ब ५३ करोड ७० लाख रुपैयाँ वितरण गरेको थियो । घरजग्गा बजार पूर्ण रुपमा चलयामान हुन नसक्दा पनि घरजग्गा कर्जाको मागमा कमी आएको हो । निजी आवास र घरजग्गाको कारोबार चलायमान नभए पनि आवास नागरिकको लागि अनिवार्य आवश्यकको वस्तु भएको हुदाँ कर्जा वितरण भने निरन्तर हुने सरोकारावालाहरु बताउछन् । आवास र जग्गाको माग निरन्तर हुन्छ अझै पछिल्लो समय सहरी क्षेत्रमा बसोबास गर्नेको संख्यामा कमी आँउदा घरजग्गा कर्जाको माग घटेको बैंकरहरु बताउछन् ।


