CLI

गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद श्रद्धा कुँवरले गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही हुनुपर्ने बताएकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– ‘वीर अस्पतालमा उपचाररत गणेश नेपालीको दुःखद निधनको खबरले मलाई भावविह्वल र पीडाबोध गराएको छ। म हृदयदेखि नै लज्जाबोध गरिरहेको छु। आफ्नै देशमा केही गर्छु भन्ने सपना बोकेर सहर आएको एक युवाले अन्ततः आफैँलाई आगो लगाएर ज्यान गुमाउनुपर्ने अवस्था सामान्य होइन। मानवताविहीन कानुनले कसैलाई पनि कहीँ पुर्‍याउँदैन। राज्यका सबै संयन्त्र संवेदनशील, जिम्मेवार र गम्भीर बन्नुपर्छ। यस घटनाको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस्। ‘

Leave Your Comment

Related News