CLI

मुग्लिन–नारायणगढ सडक खण्डमा विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं । निरन्तरको वर्षाका बीच पनि मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन सञ्चालनमै रहेको छ।

सडक डिभिजन कार्यालय, भरतपुरले सोमबार सूचना जारी गर्दै उक्त सडक खण्डमा यातायात सेवा सञ्चालनमा रहेको जनाएको हो। यद्यपि, लगातारको वर्षाका कारण पहिरो खस्ने जोखिम उच्च रहेकाले यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

कार्यालयका अनुसार वर्षायामका कारण सडकको विभिन्न स्थानमा पहिरो खस्ने सम्भावना कायम रहेकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्नुपर्ने आवश्यकता छ।

सूचनामा भनिएको छ, “वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्णमा हार्दिक आग्रह गरिन्छ।”

सडक डिभिजन कार्यालयले पहिरोको उच्च जोखिम रहने यस सडक खण्डमा यात्रा गर्नुअघि सडक खुला रहे वा नरहेको पछिल्लो जानकारी लिएर मात्रै यात्रा गर्न तथा आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ।

Leave Your Comment

Related News