काठमाडौं । ‘फादर अमिर’ शेख हमाद बिन खलिफा अल थानीको दुःखद निधनमा कतारी नेतृत्व समक्ष नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गर्न सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव २०२६ जुलाई १४ देखि १६ सम्म कतारमा औपचारिक भ्रमण गर्ने भएको छ ।
उपराष्ट्रपतिले २०२६ जुलाई १५ मा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलको समवेदना पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा उपराष्ट्रपतिसँगै नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनु छन्।


