काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन, ३७१ वटा कम्पनीको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम घटेको छ । बुधाबर कारोबार रकम ४ अर्ब १७ करोड रुपैयाँ थियो ।
त्यसतै, सेन्सेटिभ इन्डेक्स २.९२ अंकले बढेर ४५६.८६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.६१ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९३ अंकले बढेको छ ।
यस दिन ९ वटा उप समूह बढेका छन् भने १ उप समुह घटेका छन् । बैंकिङ ०.६२ प्रतिशत, विकास बैंक ०.०८, लगानी ०.५४, जीवन बीमा ०.५४, लघुवित्त १.२३, म्युअुचल फण्ड १.६६, निर्जीवन बीमा १.११,अन्य समूह ०.३१ र व्यापार समूह ०.३१ प्रतिशतले बढेका छन्। वित्त ०.६६ प्रतिशत, होटल्स तथा पर्यटन समूह ०.०९, जलविद्युत ०.३४, उत्पादन र प्रशोधन ०.११ प्रतिशतले घटेका छन्।
यस दिन एनआईबिएल ग्रोथ फण्ड सर्वाधिक १४.९६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे १४.६७ प्रतिशतभन्दा बढी बढेको छ भने चिरख्वा हाइड्रोपावरको सेयरमूल्य करिब साढे १४.३४ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सिंगटी हाइड्रो इनर्जी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ७४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन २३ करोड रुपैयाँबराबरको ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।


