काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्न लागेका छन । गत आर्तिक बर्षको असार ८ गते नीजि क्षेत्रका छाता संगठनका प्रतिनिधिलाइ भेटेर सुरु भएको उनको ब्यबसायीसँगको भेटघाट आज जुत्ता उत्पादनसँग पुगेको छ । यस अघि प्रधानमनत्री शाहले स्वतन्त्र उर्जा उत्पादक संघका प्रतिनिधि, निर्माण व्यबसायीका प्रतिनिधि, बैंकर संघको प्रतिनिधि महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग, होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भेटघाट गरेका छन् ।
पहिलो १०० दिन शाषकीय सुधारको क्षेत्रमा काम गरेका प्रधानमन्त्री बालेन्द्र शाहले दोस्रो चरणबाट ब्यबसायी र राजनीतिक भेटघाटलाइ अघि बढाएका छन् । यो क्रम निरन्तर रहने रास्वपा सांसद एंव प्रधानमन्त्रीसँग ब्यवसायीको भेटघाट र छलफलको समन्वय गरिरहेकी बिदुशी राणाले इक्विटी नेपाललाइ बताइन ।
छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ।
बैठकमा स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका विद्यमान चुनौती र नीतिगत सुधारका विषयमा ठोस छलफल हुने कार्यतालिका रहेको छ।


