काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले खराब शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछाएको नामिबियाले ३७.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४६.५ ओभरमा अल आउट हुदै १५७ रन मात्र बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३१, दिपेन्द्र सिंह ऐरीले ३०, गुलशन झाले २०, करण केसीले १८ र आसिफ सेखले १६ रन बनाएका थिए । त्यसैगरी नामिबियाका बलर जेजे स्मितले ६ विकेट लिएका थिए भने ज्याक ब्रासेल र बेर्नार्ड स्कोल्जले २-२ विकेट लिए ।
यो जितपछि लिग-२ मा नामिबियाको २९ खेलमा २४ अंक भएको छ भने नेपालको पनि २९ खेलमा २४ अंक नै रहेको छ ।
अब सिरिजको अर्को खेल विहिबार नेपाल र नेदरल्याण्डसबीच हुने तालिका छ ।


