CLI

राहुल र प्रियंका गान्धीसहितका नेताहरू दिल्ली प्रहरीको नियन्त्रणमा

काठमाडौं । लोकसभाका प्रतिपक्ष दलका नेता राहुल गान्धीको नेतृत्वमा कंग्रेस सांसदहरूले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै प्रधानमन्त्री निवास ७ लोक कल्याण मार्ग बाहिर विरोध प्रदर्शन गरे।

अर्कोतर्फ जन्तर-मन्तरमा धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै ककरोच जनता पार्टी (CJP) को विरोध प्रदर्शन जारी छ।

मंगलबार साँझ राहुल गान्धी, कंग्रेस नेत्री प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसमेत कंग्रेसका कैयौँ नेता तथा कार्यकर्ताहरूलाई दिल्ली प्रहरीले नियन्त्रण  मा लियो।

नियन्त्रणमा लिइएका केही नेताहरूलाई मन्दिर मार्ग थाना लगियो भने केही नेताहरूलाई छत्रसाल स्टेडियम लगियो। यसैबीच कंग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी नियन्त्रणमा लिइएका नेताहरूलाई भेट्न मन्दिर मार्ग थाना पुगिन्।

Leave Your Comment

Related News