काठमाडौं ।आर्थिक वर्ष २०८३/०८४ को लागि बजेट मार्फत लगाइएको शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय भएको छ ।सो कुराको जानकारी प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक स्टाटसमार्फत यी जो जानकारी दिएका हुन्।प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाएपछिअर्थमन्त्री स्वर्णिम वाग्लेले यसलाई वैधानिक र कानुनी मार्ग प्रशस्त गर्नआजको मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो।
लागू भएको शुल्कका सन्दर्भमा जनगुनासो बढेपछि सरकारले उक्त शुल्क हटाउनेबारे छलफल थालेको थियो।
आर्थिक ऐन २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा आर्थिक ऐनको दफा १८ को (१) बमोजिम पूर्ण रूपमा छुट दिने मन्त्रिस्तरीय निर्णय आजको मन्त्रिपरिषद्मा पेस भएको हो।
शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाउन मन्त्रिपरिषदमा प्रस्ताव पेश


