CLI

ग्रिनप्लाई नेपालको साधारणसभा आह्वान, आईपीओ निष्कासन प्रस्ताव पारित गर्ने

काठमाडौं । ग्रिनप्लाइ नेपाल कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २२ गतेका लागि विशेष साधारणसभा बोलाएको हो ।

कम्पनीको रजिष्ट्रड कार्यालयमा साउन २२ गते बिहान ११ बजेका लागि साधारणसभा बोलाइएको कम्पनीले जनाएको छ । विशेष सधारणसभाले जारी पुँजीको २० प्रतिशतले हुन आउने १६ लाख ४० हजार कित्ता सेयर प्राथमिक सेयर सार्वजनिक (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै जगेडा कोषमा रहेको संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।

Leave Your Comment

Related News