CLI

उपायको कारोबार ५४% वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना

काठमाडौं ।उपायले पछिल्लो एक वर्षमा उल्लेखनीय व्यावसायिक विस्तार गरेको जनाएको छ। कम्पनीका अनुसार कारोबार, शाखा सञ्जाल, कर्मचारी संख्या, वितरण क्षमता तथा पूर्वाधार विकास सबै क्षेत्रमा उल्लेखनीय वृद्धि भएको छ।

सन् २०२० मा स्थापना भएको उपायले प्रविधिमा आधारित लजिस्टिक्स सेवा मार्फत नेपालभरका व्यवसाय, ई–कमर्स कम्पनी, अनलाइन विक्रेता तथा उपभोक्तालाई जोड्ने उद्देश्यका साथ सेवा सुरु गरेको थियो। केही वर्षमै कम्पनीले देशव्यापी वितरण सञ्जाल निर्माण गर्दै आफूलाई नेपालको अग्रणी लजिस्टिक्स सेवा प्रदायकमध्ये एकका रूपमा स्थापित गरेको दाबी गरेको छ।

एक वर्षमै उल्लेखनीय विस्तार

कम्पनीका अनुसार चालु आर्थिक वर्ष उपायका लागि विस्तार र वृद्धिको वर्ष बनेको छ।

गत आर्थिक वर्षसम्म करिब ३८० कर्मचारी रहेको कम्पनीमा अहिले १,५०० भन्दा बढी कर्मचारी कार्यरत छन्। प्रत्यक्ष रोजगारीसँगै हजारौं डेलिभरी पार्टनर, स्थानीय जनशक्ति, ट्रान्सपोर्ट साझेदार तथा अन्य सेवा प्रदायकमार्फत ५,००० भन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना भएको कम्पनीको दाबी छ।

त्यस्तै, कम्पनीको शाखा तथा सेवा केन्द्रको संख्या ४० बाट बढेर ४०० भन्दा बढी पुगेको छ। हाल उपायको सेवा देशका सबै जिल्लासहित ५,००० भन्दा बढी वितरण बिन्दुसम्म विस्तार भएको कम्पनीले जनाएको छ।

दैनिक पार्सल वितरण क्षमता पनि उल्लेखनीय रूपमा बढेको छ। केही वर्षअघि दैनिक करिब १,००० पार्सल वितरण गर्ने कम्पनीले अहिले औसत १५,००० पार्सल दैनिक वितरण गरिरहेको जनाएको छ।

कारोबारमा ५४ प्रतिशत वृद्धि

सञ्चालन विस्तारसँगै कम्पनीको वित्तीय प्रदर्शनमा पनि सुधार आएको जनाएको छ। उपायका अनुसार चालु आर्थिक वर्षमा कम्पनीको कारोबार रकम करिब ५४ प्रतिशत ले वृद्धि भएको छ।

यो वृद्धि ढुवानी सेवाको विस्तार, देशव्यापी शाखा सञ्जाल, नयाँ व्यावसायिक ग्राहक, फुलफिलमेन्ट (Fulfillment) सेवाको विस्तार, बढ्दो ई–कमर्स बजार तथा दैनिक पार्सल भोल्युममा भएको वृद्धिका कारण सम्भव भएको कम्पनीको भनाइ छ।

साँगामा निर्माण हुँदै नेपालकै पहिलो ठूलो 3PL वेयरहाउस

उपाय वेयरहाउजिङले काभ्रेको साँगामा करिब १८ रोपनी आफ्नै जग्गामा ४५ हजार वर्गफुट क्षेत्रफलमा अत्याधुनिक 3PL (Third-Party Logistics) Warehouse निर्माण गरिरहेको जनाएको छ।

कम्पनीका अनुसार वेयरहाउसको कुल भण्डारण क्षमता करिब १ लाख ४० हजार वर्गफुट हुनेछ। आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त वेयरहाउस सञ्चालनमा आएपछि Storage, Inventory Management, Pick & Pack, Fulfillment तथा Nationwide Distribution लगायतका एकीकृत 3PL सेवाहरू एउटै स्थानबाट उपलब्ध गराइनेछ।

हाल कम्पनीले काठमाडौंको पेप्सीकोलास्थित करिब १८ हजार वर्गफुटको 3PL वेयरहाउसबाट सेवा सञ्चालन गर्दै आएको छ।

दीर्घकालीन रणनीतिमा पूर्वाधार र जनशक्तिमा लगानी

उपायको Fulfillment Division का President संगम पौडेल ले कम्पनीले तत्कालीन बजार आवश्यकता मात्र नभई भविष्यको लजिस्टिक्स उद्योगलाई ध्यानमा राखेर लगानी गरिरहेको बताए।

उनले भने,

“नेपालमा व्यवसाय गर्ने तरिका तीव्र रूपमा परिवर्तन भइरहेको छ। त्यही परिवर्तनसँगै लजिस्टिक्स पनि आधुनिक हुन आवश्यक छ। हामीले निर्माण गरिरहेको 3PL Warehouse ले नेपाली व्यवसायलाई अझ प्रभावकारी, व्यवस्थित र स्केलेबल लजिस्टिक्स समाधान उपलब्ध गराउने विश्वास लिएका छौं।”

उनका अनुसार कम्पनीको उद्देश्य केवल पार्सल डेलिभरी सेवा प्रदान गर्नु मात्र नभई सम्पूर्ण सप्लाई चेनलाई प्रभावकारी बनाउँदै गुणस्तरीय सेवा उपलब्ध गराउनु हो।

रोजगारी सिर्जनामा योगदान

कम्पनीका अनुसार विस्तारसँगै रोजगारी सिर्जनामा पनि उल्लेखनीय योगदान पुगेको छ।

उपायका AVP–Human Resources राजु केसी ले पछिल्लो एक वर्षमा कर्मचारी संख्या चार गुणाभन्दा बढी बढेको उल्लेख गर्दै दक्ष जनशक्ति विकासमा पनि कम्पनीले प्राथमिकता दिएको बताए।

उनले भने,

“हामी कर्मचारी संख्या मात्र बढाइरहेका छैनौं, दक्ष जनशक्ति पनि निर्माण गरिरहेका छौं। नियमित तालिम, सुरक्षित कार्य वातावरण, करियर विकास र कर्मचारी कल्याणलाई प्राथमिकतामा राख्दै उपायलाई दीर्घकालीन रोजगारीको उत्कृष्ट कार्यस्थल बनाउने हाम्रो लक्ष्य हो।”

डिजिटल व्यापारको विश्वसनीय साझेदार

उपायले हाल ई–कमर्स कम्पनी, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग, जलविद्युत् आयोजना तथा विभिन्न रिटेल ब्रान्डलाई End-to-End Logistics Solution उपलब्ध गराउँदै आएको जनाएको छ।

कम्पनीले Seller Portal, Real-Time Tracking, Proof of Delivery (POD), Fulfillment Service, Air Cargo, Integration Cargo Service, Nationwide Distribution Network तथा Enterprise Logistics Solutions जस्ता सेवामार्फत डिजिटल व्यापारलाई थप सहज बनाइरहेको जनाएको छ।

आगामी योजना

कम्पनीले आगामी वर्षहरूमा देशव्यापी नेटवर्क थप विस्तार गर्ने, नयाँ 3PL Warehousing Facilities स्थापना गर्ने, Fulfillment Services विस्तार गर्ने तथा AI आधारित आधुनिक लजिस्टिक्स पूर्वाधारमा थप लगानी गर्ने योजना सार्वजनिक गरेको छ।

President–Fulfillment संगम पौडेलले भने,

“हाम्रो उद्देश्य केवल कम्पनीको वृद्धि होइन, नेपालको सम्पूर्ण लजिस्टिक्स इकोसिस्टमलाई नयाँ स्तरमा पुर्‍याउनु हो। पूर्वाधार, प्रविधि, जनशक्ति र सेवाको गुणस्तरमा निरन्तर लगानी गर्दै हामी नेपाली व्यवसायहरूको दीर्घकालीन विकासका लागि विश्वसनीय साझेदार बन्न प्रतिबद्ध छौं।”

कम्पनीका अनुसार कर्मचारी संख्या, शाखा विस्तार, कारोबार वृद्धि, दैनिक पार्सल व्यवस्थापन क्षमता तथा नयाँ 3PL वेयरहाउस निर्माणजस्ता उपलब्धिले पछिल्लो एक वर्षमा कम्पनीको व्यावसायिक विस्तारलाई नयाँ उचाइमा पुर्‍याएको छ। उद्योग विश्लेषकहरूका अनुसार नेपालको लजिस्टिक्स बजार तीव्र रूपमा विस्तार भइरहेका बेला पूर्वाधारमा गरिएको यस्ता लगानीले भविष्यमा कम्पनीको प्रतिस्पर्धी क्षमता अझ सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News