काठमाडौं । नेपालको पहिलो अनलाइन लजिस्टिक प्लेटफर्म उपाय सिटी कार्गोजसले अनलाइन माध्यमबाट सामान ओसारपसार, अन-डिमांड ट्रान्सपोर्ट र घर सर्ने (House Moving) जस्ता सेवाहरू प्रदान गर्दछ। यसका मुख्य सेवाहरूमा उपाय फुलफिलमेन्ट, अन-डिमांड डेलिभरी र भारी सामान ढुवानी रहेका छन् । उपाय कुरियर सेवामा उन्नत सोचको विकास गर्न सफल भएको कम्पनी हो । उपाय नेपाली समाजमा ग्राहकको आबश्यकता अनुरुप सेवा सुरु गरेको गरेको हो । यसले मुलुकको मेगा प्रोजेक्टको निर्माण सामग्री देखि कुनै एक व्यक्तिलाई सामान्य घरायसी सामाग्री घरमा उपलब्ध गराउन काम गरेर कर्पोरेट देखी आम नागरिक सम्म जोडिएको छ ।
मुलुकमा बन्दै गरेको जलविद्युत आयोजनाकाका लागि आवश्यक ठूला तौल भएका र लाखौं पर्ने सामग्रीहरु आयोजनास्थलसम्म पुर्याउने देखी नेपलका ठुला शहर देखि साना साना ग्रामीण बस्तिका मान्छेसँग कामको हिसाबले हिमाल, पहाड देखि तराई सम्म रहेको छ । यसका अलवा विदेशमा समेत उपायले सेवा दिइरहेको छ । नेपालको निजी क्षेत्रको ब्यसायीक कर्म गर्दै आम नागरिसँग जोडिएको छ ।
उपाय कम्पनीले नेपालका जति जलविद्युत आयोजनाको सामग्री ढुवानी देखी जलविद्युत आयोजनामा आवश्यक सामाग्री टराबाइन, पेनस्टक, पावर ट्रान्सफर्मर, टनेल बोरिङ मेशिन, सर्किट ब्रेकर , जेनिरेटर लगायतका सामग्री ढुवानी गर्ने गरेको छ । यसरी सेवा गर्न पाउनु हाम्रो लागि विशिष्ट क्षण भएको उपायका अधिकारीहरु सम्झन् छन् ।
उपायको सुरू
ढुवानी तथा कार्गो सेवा एकै स्थानमा उपलब्ध नहुँदा ग्राहकहरुले समस्या भोग्नु परेको देख्यौं । ढुवानी तथा कार्गो सेवाको स्वरुपहरु विभिन्न रहेका थिए ती सेवाहरु दिने संस्था पनि फरक थिए । यसको प्रत्यक्ष मारमा नागरिक तथा ग्राहकहरु रहेका थिए । एउटै संस्थाबाट धेरै सेवा दिनको लागि उपायले जन्म लिएको हो । जुन नेपालमा ढुवानी तथा कार्गो सेवा हो जसले सबैं प्रकारको कार्गो सेवा प्रदान गर्छ ।
नेपालमा जति खेर पठाओ र टुटल जस्ता राइड–सेयरिङ प्लेटफर्महरूले ढुवानी सेवा सुरु गरेका थिएनन् उपायले सो समयमा ढुवानी सेवा प्रदान गर्यों । त्यसपछि उपायले यही मोडेलमा आधारित भएर बजार अध्ययन गरेर मानिस मात्र होइन, सामान पनि ढुवानी गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालि’अन–डिमान्ड’ सेवा सुरु गर्यो। हाल ’अन–डिमान्ड’ सेवा सुरु गरेको करिब चार वर्ष बएको छ ।
सुरुमा उपायले साना–साना सेवाबाट यात्रा सुरु गरेको हो । बजारको मागअनुसार अहिले सबैभन्दा ठूलो लगानी भएका क्षेत्रमा केन्द्रित छ।
उपायले सेवा क्षेत्र बिस्तार गरि ग्राहक बढे सँगै जनशक्ति पनि वृद्धि गर्दै लगेको छ । अहिले उपायमा १ हजार ५०० भन्दा बढी कर्मचारी नियमित कार्यरत छन्। डेलिभरी राइडर र ट्रक चालकलाई पनि जोड्ने हो भने उपायको नेटवर्कमा ३,००० देखि ४,००० जना आबद्ध रहेको छन् । जुन कम्पनीका लागि गौरवको कुरा हो । जसले देशमा रोजगारी सिर्जना समेत गर्न मद्दत पुराएको छ । ग्राहकलाई सहजीकरण समेत गरेको छ ।
उपाय काठमाडौंमा मात्र केन्द्रीत छैन देशका प्रमुख शहरहरूमा पनि उत्तिकै सक्रिय रहेको छ । प्रमुख शहर पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज, धनगढी, इटहरी, विराटनगर, धरान लगायत देशभरका प्रमुख शहरमा सेवा विस्तार गरेको छ । उपायको हाल नेपालभर ४०० भन्दा बढी सेवा हब सञ्चालनमा छन्। । यो सफलता उपायले एकैपटक भने पाएको होइन ।
उपायले आफ्नो काम सुरि गर्द सुरुवातमा दुई–तीन वटा कार्यालयबाट सुरु गरेको थियो कम्पनीले ग्राहकलालइ दिएको गुणस्तरीय, विश्वासीलो,सहज र छिटो सेवा दिएको कारण कम्पनीले छोटो समयमा नै यो खालको लोभलाग्दो प्रगति पगरेको हो ।कम्पनीले सुरुवात देखी नै प्रगति गर्दै आएको छ ।
कम्पनीको अहिले उपत्यकामा तीन मुख्य कार्यालय छन्— पेप्सीकोलास्थित फुलफिलमेन्ट सेन्टर ,सानोभर्याङस्थित ट्रान्सपोर्ट कार्यालय र बिजुली बजारमा कर्पोरेट कार्यालय रहेका छन् । कम्पनीले निजि क्षेत्रबाट लगानी जुटाएर भक्तपुरको साँगामा वेयर हाउजिङ बनाइरहेको छ । २०२६ को मार्चबाट यो इवेयरहाउजिङ सञ्चालमा ल्याउने गरि काम बऐरहेको छ । यसमा नेपालका बाणिज्य बैंकको लागि गरेका छन् । यसबाहेक चाबहिल, कलंकी, न्युरोड, कोटेश्वर लगायत काठमाडौंका विभिन्न स्थानमा करिब आठ सेवा केन्द्र (हब) सञ्चालनमा छन्।
कम्पनी स्थापनाको केही समयमै कोभिड–१९ महामारी सुरु भयो। विश्वलाई चिन्तित बनाएको कोभिडले उपायलाई चिन्तासँगै अवसर दियो । यसको कारण थियो मानिसहरु बाहिर हिडडुल गरेनन् तर उनीहरुको माग पुरा गर्न कोही बाहिर निस्कनु अत्यन्त आवश्यक थियो सोही समयमा उपाय कोभिडका बीच पनि सहर बजार देखि गाँउघरसम्म हिडडुल गर्यो । उपायका लागि कोभिड अवसर साबित भयो। किनभने त्यसबेला मालसामान ढुवानी गर्न अनुमति थियो र विकल्पहरू सीमित थिए। फलस्वरूप हाम्रो सेवाको माग उल्लेखनीय रूपमा बढ्यो। यही गतिले कम्पनीलाई विस्तार गर्न ठूलो सहयोग पुग्यो । कोभिड कम्पनीको लागि चुनौती सँगै उपायको विकल्प बन्यो र सफल पनि भयो ।
उपायको काम गर्ने तरिका
उपायले एउटा स्थनीय तहबाट उठेर राष्ट्रिय र अन्तराष्ट्रिय कुरियर\कार्गो\ मिमाणड बेस भेइकल, ग्राहको ढोका देखी ढोका सम्म सेवा कारणले गर्दा धेरै सेवा प्रवाह गर्न सफल भएको छ । जसले गर्दा ससाना देखि लिएर ठूला सामग्री तथा एक , दुई सय मूल्य देखि लाखौं मूल्य बराबरको सामग्री कुरियरको सेवा दिएको छ यसले उपभोक्ताहरु जहाँ त्यहाँ छरिएर रहेका छन् । उनीहरुलाई जुनसुकै प्रकारको सेवा दिनु हाम्रा दायित्व रहेको छ ।
उपायले सामग्री ढुवानी मात्र होइन हामी सँग ढुवानी गर्ने यातायातको साधानको समेत सुविधा दिएको छ । यो सेवाको सबैभन्दा उत्तम पक्ष पनि हो । किनकी यसले विकेन्द्रीकरणको सेवाको सिद्धान्तलाई समेत आत्मसाथ गरेको छ । अर्कोतर्फ ढुवानी सेवा चौबीसौं घण्टा हो । साना सामग्री देखि लिएर ठूला सामग्री समेत हो । ठूलो सामग्रीको हकमा जलविद्युत आयोजनालाई आवश्यक पर्ने हजारौं किलोग्राम तौल भएका सामग्री समेत ढुवानी गरि कार्यस्थलमा सहज ढंगले पुर्याएको छ ।
यो सेवा दिनका लागि उपाय स साना सामग्री अर्थात व्यक्तिगत सामग्रीका लागि मोटरसाइकल देखि लिएर हात्ती, पिक अप भ्यान तथा अन्य साना मालबहाक सवारी साधानलाई उपायसँग जोडिएका छन् । जसले गर्दा हामी कुनै व्यक्तिलाई आवश्यक पर्ने टिसर्ट, पाइन्ट जस्ता लत्ताकपडा र साना बोराका दाल, चामल, गेडगुडी, फलफूल लगायतका सामग्रीहरु ढुवानी गरिरहेको छ । जस्तो हामी काठमडौं, पोखरा, धरान , बुटवल, विराटनगर, विरगञ्ज लगायतका शहरहरुमा विभिन्न गाँउबाट आएर बसेका छौं । कोही अध्ययन गर्न, कोही काम गर्न , व्यवसाय गर्नका लागि बसेका छौं । यसरी बसेका व्यक्तिहरुले शहरबाट विभिन्न सामग्री घरमा पुराउने पर्ने र घरबाट पनि विभिन्न सामग्री ल्याउनु पर्ने हुन्छ सोही सेवालाई जोड्नका लागि हामीले व्यक्ति देखि लिएर समूहलाई समेत हुने गरी साना सवारी साधानहरुबाट ढुवानी सेवा दिएका छौं । यी सेवाहरु हामीबाट उपभोक्ताले नै माग गर्नु भएको हो , किनकी हामीले दिएको सेवा गुणस्तरीय, भरपर्दो र विश्वसनीय भएको कारणले गर्दा हो ।
यसरी उपभोक्ताले हामीलाई विश्वास गरे सँगै ग्राहकहरूले दुईपाङ्ग्रे डेलिभरी सेवाबाट चारपाङ्गे ढुवानी सेवा माग गरे सँगै सेवा विस्तार गरेका हौं । जुन कम्पनीको लागि खुशीको र प्रोत्साहनको कुरा थियो । उपायले भन्यो
ग्राहकहरुले काठमाडौं बाहिर समेत सेवा खोजे पछि विस्तार गरिएको हो । काठमाडौं बाहिर शाखा र फ्रेन्चाइज विस्तार गर्दै विशेषगरी तराई क्षेत्रमा पुग्दा सीमापार व्यापार तथा मालसामानको आवतजावत धेरै रहेको देखियो। राजमार्गमा ठूला मालवाहक ट्रकहरूको उच्च माग देखेपछि हामीले फुल ट्रक लोड सेवा सुरु गर्यौं, जसअन्तर्गत व्यवसायहरूलाई ट्रक भाडामा उपलब्ध गराइन्छ।
उपायको काम गर्ने क्षेत्र
व्यक्ति देखि ठूला परिमाण तथा ठूला तौलका सामग्री ढुवानी गर्नका लागि उपायले सेवालाई पाँवटा क्षेत्रमा विभाजन गरेको छ ।
पहिलो ‘अन डिमाण्ड अर्थात् मागअनुसार’ हो भने त्यसपछि क्रमशः ‘मेरो उपाय, फुल ट्रक लोड, ट्रान्सपोर्ट लजिस्टिकस र उपाय फुलफिलमेन्ट’ रहेको छ ।
अन–डिमान्ड एपमार्फत तीनपाङ्ग्रे, पिकअप, मिनी ट्रक आदि तत्काल बुक गर्ने सेवा रहेको छ ।
मेरो उपाय अन्तर्गत संस्थागत ग्राहकका लागि आवश्यकताअनुसार मासिक सम्झौतामा आधारित फल्याट् व्यवस्थापन सेवा रहेको छ ।
फुल ट्रक लोड अन्तर्गत जलविद्युत्, निर्माण तथा एफएमसीजी क्षेत्रमा ठूला मालवाहक ट्रक सेवा रहेको छ ।
ट्रान्सपोर्ट लजिस्टिक्स अन्तर्गत काठमाडौंबाट देशका विभिन्न शहरसम्म मध्यम आकारका पार्सल ढुवानी सेवा रहेको छ ।
उपाय फुलफिलमेन्ट अन्र्तगत पेप्सीकोलास्थित मुख्य केन्द्रबाट देशभरका ४०० भन्दा बढी स्थानमा इ–कमर्स तथा सामाजिक सञ्जालमार्फत व्यवसाय गर्ने ग्राहकका लागि डोर–टु–डोर डेलिभरी सेवा रहेको छ ।
पछिल्लो समय उपायले यती एयरलाइन्सका आन्तरिक उडानहरूको कार्गो व्यवस्थापनको जिम्मेवारी समेत लिएको छ ।
उपाय आन्तरिक बजारमा मात्र नभइ विश्व बजारमा पनि हात हालेको छ । उपायले हाल १०० वटा भन्दा बढी मुलुकमा अन्तर्राष्ट्रिय लजिस्टिक्स सेवा पनि विस्तार गरेको छ ।
काठमाडौंबाट देशका विभिन्न शहरसम्मको ढुवानीका दगर्न उपायले विद्यमान ट्रान्सपोर्ट व्यवसायीसँग सहकार्य गरेको छ । त्यसपछि करिब तीनदेखि चार वर्षअघि डोर–टु–डोर फुलफिलमेन्ट सेवा दिइरहेको छ ।
बित्तिय अबस्था
देश विदेशको सेवाले गर्दा कम्पनीको आम्दानी सकारात्मक रहेको छ । कम्पनीको आम्दानी सदैव वृद्धिदरमा रहेको छ । यो कोभिडले दिएको अवसरमार्फत् सिर्जना भएको वृद्धिदर हो । कम्पनीको आम्दानीमा वर्षेनि करिब ५० प्रतिशतको वृद्धि भइरहेको छ । ।
कम्पनीको सफलतमा यहाँका लगानीकर्ताहरुको सकारात्मक सोच र कर्मचारीमा हुने सहयोग भाव अर्को प्रमुख विषय हो । लगानीकर्ताहरुले महिलाहरुलाई सक्षम बनाउनका लागि गरेको भर्ना गौंरव गर्न लायक रहेको छ । कम्पनीको कुल जनशक्तिमध्ये करिब २२ प्रतिशत महिला जनशक्ति रहेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १९० प्रतिशतले बढी हो। काठमाडौं फुलफिलमेन्ट बिक्री टोलीमा मात्र महिलाको सहभागिता ५० देखि ६० प्रतिशत छ।
हाम्रो कम्पनीमा रहेर काम गरेर सफल हुनु भएका महिला र पुरुष दुवै कर्मचारीको प्रशस्त रहेका छन् । उहाँहरुले यहाँ गर्नु भएको कामहरु, देख्नु भएका कथाहरु समेत प्रशस्त रहेको छ ।
सेवाका क्षेत्र
कम्पनीले सेवा सँगै सामाजिक उत्तरदायित्वतर्फ पनि ध्यान दिएको छ । सामाजिक उत्तरदायित्वतर्फ उपायको वातावरण, सामाजिक र सुशासन (इएसजी) विभागले वातावरणीय प्रभावको निगरानी गर्छ र सुधारका कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
कार्गो सेवा तथा लजिस्टिक्स बजार विस्तार हुँदै गएको छ। तर नेपालमा कार्गो तथा लजिस्टिक्स क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग अझै विकासको चरणमा छ। धेरै व्यवसाय अझै परम्परागत प्रणालीमै निर्भर छन्। ग्राहकलाई डिजिटल ट्र्याकिङ, पारदर्शी मूल्य, सेवा समय लगायतका सम्पूर्ण विवरण उपलब्ध गराउने गरेको उपायले दाबी गरेको छ ।
उपाय सिटि कार्गो सेवा ब्यकतिगत रुपमा नाफामा मात्र केन्द्रीत छैन निकट भबिश्यमा नै यसले आम नागरिककको लागि जप्राथ;मिक शेयर आईपिओ जारी गर्ने योजना अनुरुप काग गरिरहेको छ । यसले यो कार्य गर्नको लागि शेयर रजिष्टार देखी बिक्रि प्रबन्धक सम्म छनौट गरिसकेको छ ।
वेयरहाउसिङ्गमा डिजिटल युगः उपायले १ अर्ब २० करोड लागतमा नेपालमा थ्रीपीएल सेवा ल्याउँदै


