CLI

१४ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति?

काठमाडौं ।  सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ थियो ।

आज चाँदी पनि ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँ थियो ।

 

Leave Your Comment

Related News