CLI

घट्यो सुनको मूल्य,बढ्यो चाँदी

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार रुपैयाँले घटेको छ। बजारमा सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ थियो।

आज चाँदी भने १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पिन चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँ थियो ।

Leave Your Comment

Related News