RE
Global College

काभा भलिबलमा नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग प्रतिस्पर्धा हुने

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा नेपाल पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहल भएको सेमिफाइलन खेलमा नेपालले इरानलाई सिधा सेटमा पराजित गरेको हो।

यस अघिको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ सेटले पराजित हुँदै समूहको उपविजेता बन्दै सेमिफाइलन प्रवेश गरेको थियो।

अब फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइलनमा भारतले पनि श्रीलंकालाई सिधा सेटमा पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। लिग चरणको खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पारिजत गरेको थियो। यो नेपालको भारत माथि पहिलो जित पनि हो।

NECO

Leave Your Comment

Related News