संचारकर्मीहरूसँग बीमा सम्बन्धी अन्तर्क्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार विराटनगरमा संचारकर्मीहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सम्बन्धी समाचार प्रकाशन एवम् प्रसारणमा बीमाको विकास, प्रवर्द्धन र बीमितको हितलाई प्राथमिकता दिन आग्रह गरे ।

अध्यक्ष सिलवालले बीमा दाबी भुक्तानी सम्बन्धी गुनासाहरूलाई सम्बोधन गर्दै दाबी भुक्तानीलाई थप प्रभावकारी बनाउन प्राधिकरण प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा विभिन्न संचारमा माध्यममा कार्यरत संचारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोद कुमार पोखरेलले गरेका थिए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार