काठमाडौं । भारतीय कम्पनी टाटाको इलेक्ट्रिक कार ‘टाटा पञ्च’ ईभी नेपाल भित्रिएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा पञ्च ईभी’ नेपाल ल्याएको हो ।
भारतीय बजारमा २०२४ मा सार्वजनिक भएको टाटा पञ्च ईभी करिब ६ महिना पछि नेपालमा ल्याइएको हो। सर्ट रेञ्ज (एसआर) र लङ रेञ्ज (एलआर) गरी दुई भेरियन्टमा ल्याइएको टाटा पञ्च ईभी सिप्रदी ट्रेडिङले आगामी नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कम्पनीको अनुसार हाल पञ्च ईभी नेपालको भूगोल र सडकमा परीक्षण भइरहेको छ।
कम्पनीका अनुसार स्मार्ट, स्मार्ट प्लस, एड्भेन्चर, एम पावर्ड र एम पावर्ड प्लस भेरियन्ट पनि उपलब्ध छन् ।
माइक्रो एसयूभी पञ्च ईभी २५ किलोवाट र ३५ किलोवाट आवर ब्याट्रीमा उपलब्ध छन् । २५ किलोवाट आवर ब्याट्री भएको टाटा पञ्च ईभीले ६० किलोवाट पावर र ११४ एनएम टर्क जेनेरेट गर्दछ । कम्पनीले एसआरले सिंगल चार्ज ३१५ किलोमिटर एलआरले ४२१ किलोमिटर रेन्ज प्रदान गरिएको छ । तर नेपालमा कति रेञ्ज प्राप्त हुन भनेर सिप्रद्धिले परीक्षण गरिरहेको छ।
यसको ग्राउन्ड क्लियरेन्स १९० एमएमको छ ।
पन्च ईभीमा १०.२४ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्लोज फ्रन्ट ग्रिल, १०.२४ इन्चकै टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक र ३६० डिग्री क्यामरा दिइएको छ ।
त्यसैगरी, पञ्च ईभीलाई प्रिमियम बनाउन कम्पनीले लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, कनेक्टेड डे टाइम रनिङ लाइट, ब्लाइन्ड स्पट भ्यू मिरर, एयर प्युरिफायर जस्ता फिचर दिएको छ ।
हालसम्म भने यसको मूल्य भने खुलाइएको छैन । भारतीय बजारमा भने यसको सुरुवाती मूल्य १० लाख ९९ हजार भारु र अधिकतम मूल्य १५ लाख ९९ हजार भारु तोकिएको छ ।


