CLI

सिटिजन्स लाइफको नाफा १०७ प्रतिशतले बढ्यो

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा १०७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष (आव) २०८२/८३ मा कम्पनीले ३९ करोड ८ लाख नाफा कमाएको छ । जुन अघिल्लो आव २०८१/ ८२को तुलनामा १०६.६६ प्रतिशतले बढी हो । अघिल्लो आव २०८१/८२ मा कम्पनीले १८ करोड ९१ लाख नाफा कमाएको थियो ।

कम्पनीको कुल आम्दानी बढेसँगै नाफा बढेको हो । गत आवमा कम्पनीको कुल आम्दानी ११ अर्ब १८ करोड ५० लाख रहेको छ । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी ९ अर्ब १९ करोड ८७ लाख रहेको थियो । बीमा प्रिमियम आम्दानी, ब्याज आम्दानी र ऋण लगानी र लगानी आम्दानी बढ्दा कुल आम्दानी बढेको हो ।

त्यस्तै कम्पनीको नाफा र बीमावापत्को रकम पनि बढेको छ । गत आवमा कम्पनीले नाफा र बीमावापत ८ अर्ब ९१ करोड २७ लाख वितरण गरेको थियो । अघिल्लो आवमा कम्पनीको उक्त रकम ६ अर्ब ९८ करोड रहेको थियो । कम्पनीको कुल खर्चमा समेत वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल खर्च १० अर्ब ७९ करोड ४२ लाख रहेको छ । अघिल्लो आवमा कम्पनीको कुल खर्च ८ अर्ब ६४ करोड ९४ लाख रहेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा, प्रति शेयर नेटवर्थ १३१ रुपैयाँ ६० पैसा, प्रति शेयर सम्पत्तिको मूल्य ६८८ रुपैयाँ २४ पैसा र तरलता अनुपात ५५: ६७ रहेको छ ।

Leave Your Comment

Related News