CLI

‘न्यु फेमिलि गर्ल्स होस्टेल’ मा खानामा किरा ,३ लाख रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौंको बालकुमारीस्थित ‘न्यु फेमिलि गर्ल्स होस्टेल’ मा खानामा किरा भेटिएको तथा छात्रालाई धम्की दिइएको सम्बन्धमा सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोका आधारमा अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले होस्टेलमा अनुगमन गर्दा सरसफाइको अवस्था कमजोर रहेको तथा खाद्य सामग्री अस्वस्थ अवस्थामा राखिएको पाइएको हो।

अनुगमनका क्रममा होस्टेलमा खाद्य स्वच्छता तथा सरसफाइसम्बन्धी मापदण्ड पालना नभएको पाइएपछि प्रचलित कानुनबमोजिम सञ्चालकलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

जरिवाना गर्नुका साथै होस्टेललाई सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। सामाजिक सञ्जालमार्फत आएको गुनासोमाथि आवश्यक छानबिन तथा कारबाहीका क्रममा संयुक्त टोलीले अनुगमन गरेको हो।

Leave Your Comment

Related News