एनआईसी एशिया लघुवित्तको वितरणयोग्य मुनाफा  ४३ करोड ६० लाख

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको वितरणयोग्य मुनाफा ४३ करोड ६० लाख ३७ हजार रुपैयाँ रहेको छ। लघुवित्तले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७ पैसा छ।

यस्तै लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८२ प्रतिशत कम हो।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ५७ पैसा घटेर ७ रुपैयाँ ३१ पैसामा झरेको छ।

लघुवित्तको खुद ब्याज आम्दानी ११.९२ प्रतिशतले घटेर ९५ करोड १६ लाख ६१ हजार रुपैयाँ कायम भएको छ भने खुद फि तथा कमिशन आम्दानी ६५.१९ प्रतिशतले घटेर १ करोड २१ लाख २३ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ११.४४ प्रतिशत घटेर ९८ करोड ८९ लाख ३६ हजार रुपैयाँ कायम भएको छ भने सञ्चालन मुनाफा ४९.७१ प्रतिशत घटेर २१ करोड १२ लाख ६७ हजार रुपैयाँ कायम भएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको खराब कर्जा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ। लघुवित्तले १६ अर्ब ६८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १५ अर्ब ९४ करोड कर्जा लगानी गरेको छ।

असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९६.४७ गुणा रहेको छ। चुक्ता पूँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार