CLI
Global College

अर्थमन्त्री वाग्ले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीबाट प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरेका छन्।

अर्थमन्त्री वाग्लेले प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गर्दै बाढीबाट प्रभावित नागरिक तथा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग भेटघाट गरेका हुन्।

निरीक्षणका क्रममा उनले बाढीबाट भएको जनधनको क्षति, प्रभावित नागरिकको अवस्था तथा तत्काल आवश्यक राहत, उद्धार र पुनःस्थापनाका विषयमा जानकारी लिएका छन्।

उनले प्रभावित नागरिकका समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिँदै विपद्पछिको व्यवस्थापन तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताएका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा आवश्यक पूर्वाधारको पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा समेत अर्थमन्त्री वाग्लेले जोड दिएका छन्।

Leave Your Comment

Related News