मकवानपुर । त्रिशूली नदीले कृष्णभिरमा सडक कटान गरेसँग राजमार्ग अवरुद्ध भएपछि ग्यास सिलिन्डर ढुवानी सहज बनाउनेबारे छलफल अघि बढाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा अहिले ट्रकमार्फत ग्यास सिलिन्डर ढुवानीबारे छलफल भइरहेको छ ।
छलफलामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका एसपी, सडक डिभिजन, नारायणी ट्रक व्यवसायी समितिका पदाधिकारी, एलपीजी व्यवसायी सहित सहभागी छन् ।
सरकारले सडकअवरुद्ध भए सँगैं ग्यासको बुलेट काठमाडौं ल्याउन नसक्ने भए सँगै रिफिलको व्यवस्था गरेको हो । काठमाडौं बाहिर विभिन्न स्थानमा ग्यास रिफिल गरेर ढुवानी गरिने जनाएको छ । सोही विषयमा बैठकमा छलफल भइरहेको छ ।



