विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ। केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण […]

३२ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा

काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३२.३० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को चैत्रसम्म कम्पनीको खुद नाफा १२ करोड ७ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ९ […]

राष्ट्र बैंकले बढायो मौद्रिक नीतिको समीक्षा अवधि

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने समय अवधि बढाएको छ । बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन गर्दै समीक्षा सार्वजनिक गरिसक्नु पर्ने समय अवधि थप गरेको हो। संशोधित कार्यविधिमा अब त्रैमास सकिएको ४५ दिन भित्र समीक्षा सार्वजनिक गर्नु पर्ने व्यवस्था गरिएको छ । यस अधि त्रैमास सकिएको ३० दिनभित्र […]

नेप्से २.०६ अकंको सुधार हुदाँ कारोबार रकम पुग्यो २ अर्ब

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा पुगेको छ । सोमबार १५.६२ अंकले घटेको सेयर बजार मंगलबार एकल अंकले बढेको हो । मंगलबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७७ अंकले बढेर ३ सय ४९.५८ बिन्दुमा पुगेको हो । मंगलबार ३ सय १४ वटा […]

२४ लघुवित्तले नाफा कमाउदाँ सबैभन्दा अगाडि फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म आइपुग्दा ५१ वटा लघुवित्त मध्ये २४ वटा लघुवित्तले नाफा कमाएका छन् । चालु आर्थिक वर्षको त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गर्ने लघुवित्तहरु मध्ये सबैभन्दा बढी नाफा कमाउनेमा फ्रस्ट माइक्रो फाइनान्स लघुवित्त रहेको छ भने , त्यसपश्चयात क्रमशः मेरो माइक्रोफाइनान्स , स्वलम्बन लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसि लघुवित्त, ग्लोबल […]

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान

नवलपुर (नवलपरासी) । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम चाँडै सम्पन्न गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरेको जनाएको हो । कम्पनीका ठेक्का सहव्यवस्थापक राकेश झाले नारायणगढ–बुटवल सडकको कालोपत्र गर्ने […]

सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङको होटल भियनामा सीआईबीको छापा

काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।हुण्डी कारोबार भएको आशंकामा सीआईबीले छापा मारेको बताइएको छ । हुण्डी रकमसहित केही व्यक्तिलाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । तर, यसबारे सीआईबीले भने केही पनि सार्वजनिक गरेको छैन […]

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य बढेको छ । मंगलबारका लागि सुन तोलामा ८ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार माग बढे सँगै सोमबार सुनचाँदीको […]

सिजिले ल्यायो माइडिया  वाईफाई रेफ्रिजेरेटर, घर बाहिर बाटै कन्ट्रोल गर्न सकिने सुबिधा

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले साइड वाई साइड र मल्टी (४ ढोका) भएको माइडिया  रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ ।  नेपालमा ग्राहकहरुबाट माग  आएकाले  नेपाली बजारमा ल्याएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो रेफ्रिजेरेटरमा  आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका MSmartHome एप मार्फत WiFi कनेक्टिविटी मार्फत स्मार्ट कन्ट्रोलको सुविधा रहेको  कम्पनीले ले जनाएको छ ।  […]

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक  र बडीमालिका नगरपालिकाबिच  सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने नगरबासिहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्नेछ । यो खालको कर्जा प्रबाहले नगरबासीमा उद्यमशिलता मार्फत आत्मनिर्भर र स्वरोजगार प्रवद्र्धनमना सहयोग […]