सर्वोत्तम सिमेन्टको आम्दानी ३२.०३ प्रतिशतले बढ्यो

काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा बढेको छ। सिमेन्टले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १२ करोड ७ लाख ६९ हजार रुपैयाँ रहेको छ। गत वर्ष २०७९ चैत मसान्तमा सिमेन्टको नाफा ९ करोड १२ लाख ८७ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा सिमेन्टको नाफा २ करोड ९४ लाख ८२ हजार रुपैयाँ अर्थात ३२.३० प्रतिशतले […]

घर जग्गामा बैकहरुको ६३० अर्ब लगानी लगानी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले घर जग्गामा बैंकहरुको लगानी ६३० अर्ब रुपैयाँ रहेको बताएका छन्। नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिन सोमबार अध्यक्ष केसीले रियल स्टेट र हाउजिङलाई समावेश गर्दा बैंकहरुको लगानी ६३० अर्ब रहेको बताएका हुन्। घर जग्गामा बैंकहरुको कुल लगानीको १३ प्रतिशत भएको […]

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित बर्षा हुन सक्ने

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशको  पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली  रही बागमती र कोशी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको  मौसम पुर्वानुमान महाशाखाले  जनाएको छ । मौसम पुर्वानुमान महाशाखाका  अनुसार […]

फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा मोरु डिजिटल वालेट समावेश

काठमाडौं । भुक्तानी नेटवर्क फोनपेको सञ्जालमा, पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट) समावेश भएको छ । मोरु डिजिटल वालेट, फोनपे नेटवर्कमा अन्तरआबद्ध हुनाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्युआर भुक्तानी कारोबारहरू गर्न सकिने भएको छ। फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले, फोनपे र मोरु डिजिटल वालेटका […]

अर्थमन्त्री पुन सोच्छन् हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउने भनेर

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया गरेका छन् । सोमबार मन्त्रालयमा उनले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गरेका हुन् । कार्यक्रममा महासंघ अध्यक्ष एवं सञ्चार उद्यमी शोभा ज्ञवाली, डा. माला खरेल, अभिलाषा पौडेललगायतले महिला उद्यम प्रवद्र्धनका लागि बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए । कार्यक्रममा अर्थमन्त्री पुनले महिलाको आर्थिक […]

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी भइरहेको जानकारीमा आएको जनाएको हो । “वैदेशिक रोजगारीमा जान इच्छुकलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायल […]

काठमाडौं महानगरको सिप मेलामा ‘मोवाइल रिपेयरिङ’ तालिम थप

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ मा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि तालिम थप गरिएको छ। यस्तै टेलरिङ् ((ड्रेस मेकिङ) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए। तालिम सञ्चालनका विषयमा जानकारी लिन क्षेत्रगत प्रतिनिधिहरुले अवलोकन गर्न थालेका छन्। यसै क्रममा तालिमको चौथो दिन मेलाअन्तर्गत १० […]

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा प्रभु बैंकका ग्राहकले  छुट पाउने

काठमाडौं । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरले प्रभु बैंक बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट दिने भएको छ । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले सो सम्झेतामा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, बैंक कर्मचारी तथा […]

नेपालमा दर्ता भयो इनड्राइभ, चालकले १० प्रतिशत कमिसन तिर्नुपर्ने

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभ नेपालमा उद्योगको रुपमा दर्ता भएको छ । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभ उद्योगको रुपमा दर्ता भएको हो ।कुल लगानीका रूपमा ५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै इनड्राइभ राइडले यातायात सेवामा प्रतिस्पर्धा गर्न लागेको हो । इन्ड्राइभले […]

नयाँ बीमालेख ल्याउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।नेपाल बीमा प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित डिजिटल बीमालेख सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता […]