कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित बर्षा हुन सक्ने

Prabhu

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

देशको  पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली  रही बागमती र कोशी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको  मौसम पुर्वानुमान महाशाखाले  जनाएको छ ।

मौसम पुर्वानुमान महाशाखाका  अनुसार दिउसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनमाएको छ ।

आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको  छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले  त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार