RE
Global College

सर्वोत्तम सिमेन्टको आम्दानी ३२.०३ प्रतिशतले बढ्यो

काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा बढेको छ। सिमेन्टले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १२ करोड ७ लाख ६९ हजार रुपैयाँ रहेको छ। गत वर्ष २०७९ चैत मसान्तमा सिमेन्टको नाफा ९ करोड १२ लाख ८७ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा सिमेन्टको नाफा २ करोड ९४ लाख ८२ हजार रुपैयाँ अर्थात ३२.३० प्रतिशतले बढेको हो।

सञ्चालन राजस्व र अन्य आम्दानी बढ्दा सिमेन्टको नाफा बढेको हो।

चैत मसान्तसम्म सिमेन्टले ४ अर्ब ५५ करोड ९० लाख ९९ हजार रुपैयाँ सञ्चालन राजस्व आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा सञ्चालन राजस्व ३ अर्ब ६४ करोड २६ लाख ४७ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा सिमेन्टको सञ्चालन राजस्व २५.१६ प्रतिशतले बढेको हो।

अन्य आम्दानी भने ७४० प्रतिशतले बढेको छ। गत आवको चैतमा ३६ लाख ७० हजार अन्य आम्दानी रहेकोमा समीक्षा अवधिमा ३ करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४६ पैसा बढेर ३ रुपैयाँ ४६ पैसा पुगेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४४.७९ गुणा रहेको छ।

४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

NECO

Leave Your Comment

Related News