RE
Global College

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा प्रभु बैंकका ग्राहकले  छुट पाउने

काठमाडौं । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरले प्रभु बैंक बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट दिने भएको छ ।

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले सो सम्झेतामा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, बैंक कर्मचारी तथा कर्मचारीका पारिवारजनले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा प्रभु बैंकका बजार व्यवस्थापक सबिन राणा, दीना चित्रकार तथा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका व्यापार प्रवर्धन व्यवस्थापकको उपस्थिति रहेको थियो ।

NECO

Leave Your Comment

Related News